मलेसियामा ज्यान गुमाएका युवाका परिवारलाई आर्थिक र खाद्यान्‍न सहयोग

[sharethis-inline-buttons]

रञ्जन भण्डारी

महोत्तरी – वैदेशिक रोगजारीकै क्रममा करिब छ महिना अगाडि मलेसियामा कोरोनाले थला परि मृत्युवरण गरेका सम्सी गाउपालिका ४ गैढा भेटपुरका रामदेव महतोको परिवारलाई आर्थिक र खाद्यान्न सहयोग गरिएको छ । बैदेशिक रोजगारीमै रहेका युवाहरूले उनको परिवारको कन्तविजोगबारे थाहा पाएपछि मृतक महतोको परिवारको लागि सहयोग गरेका हुन । स्थानीय युवा राम ध्यान यादवले सामाजिक संजाल तथा अन्य विभिन्न माध्यमले स्व. महतोको परिवारको आर्थिक विपन्नता सार्वजनिक गरेपछि युवाहरूले उक्त सहयोग संकलन गरी पठाएका हुन ।

समाजसेवी सविता यादवसमेतको उपस्थितिमा मृतक महतोको परिवारलाई स्थानीय युवा यादवकै हातबाट ७७ हजार नगद र करिब नौ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ । उक्त सहयोग सामग्री र रकम महतो कि श्रीमती फुलपरी देवीलाई दिइएको हो । दुई छोरी र एक छोरा क्रमश ६,४ र २.६ वर्षको रहेको महतो परिवार आर्थिक रूपमा निक्कै कष्टमा रहेकोमा उक्त रकमले सानो तिनो व्यापार गरी जिविकोपार्जन गर्न मद्दत पुग्ने भन्दै रकम हस्तान्तरण गरिएको हो ।

समाजसेवी सविता यादवलेसमेत घरमै कुनै पसल वा सीप सिकेर घरको आर्थिक खर्च पुग्ने गरी व्यापार गर्न सकिने बताउदै आर्थिक सहयोग गरेका युवाहरूलाई धन्यवाद दिएकी थिइन् । उनले समाजमा एकजना पीडित खोज्दा हजार भेट्ने गरेको र तिनको पीडा बुझेर उनको घाउमा मलम लगाइदिने सहयोगी हातहरू लाखौ हुने गरेकामा सवै मिलेर भूमिका खेलिरहेकोमा यसले समाजकै काम गर्न थप उर्जा थपेको बताइन् ।

उक्त परिवारलाई आर्थिक सहयोग पठाइदिने युवाहरू बिजय कुमार यादव(सोही ठाउ निवासी),कमल ग्यवाली(पाल्पा),राजेश कुमार यादव(धनुषा),कमलेश मण्डल(धनुषा),संजिव कुमार यादव(धनुषा),नबराज साउद(कंचनपुर),सुरेश महरा(महोत्तरी),इजन श्रेष्ठ(चितवन),सरोज महतो(महोत्तरी),फनिन्द्र खनाल(झापा),तिलक फुयाल(सिंधुली),रघुविर मण्डल(महोत्तरी),बन्धु थारु(रुपन्देही),मुन्ना कुमार साह(वारा),सत्यनारायण महतो(सर्लाही) र मईनुल ईस्लाम(बांग्लादेश) रहेका छन् ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार