काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा फर्किएका कसैलाई पनि अध्यक्ष केपी शर्मा ओलीले राम्रो नगर्ने तर्क गरेका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘ओलीको आदेश पालना गर्यो भने स्यबास, ऊ पार्टीमा बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने ट्याउँ-ट्याउँ गर्न ओलीले छोड्दैनन् । एमालेमा १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भइरहेको छ । ओलीले कुनै नेतालाई सम्मान गर्न जानेका छैनन्, एमालेमा नेताबीच मर्यादा छैन । कुनै सम्मान छैन । हो यी सबै कारणले गर्दा हामीले विद्रोह गर्नुपरेको हो ।
प्रकाशित : २०७८ कार्तिक ६ शनिबार