थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि, आठ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं – नेपालमा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गर्दा ५१३ र चार हजार ९७२ नमुनाको पीसीआर परीक्षण गर्दा ४३८ र एक हजार ९५९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८१७ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार