‘माधव गुट’ले पार्टी छोडेपछि एमाले नयाँ ढंगले अगाडि बढेको छ : ओली

[sharethis-inline-buttons]

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने गलत व्यक्तिहरु निस्किएपछि एमाले एक ढिक्का भएको दावी गरेका छन् । शनिबार देशभर शुरु भएको वडा अधिवेशनलाई भर्चुअल प्रविधिमार्फत् उद्घाटन तथा शुभकामना दिँदै ओलीले पार्टीको हुर्मत लिने, आफ्नै सरकार ढाल्ने व्यक्ति हटेपछि पार्टी झनै बलियो भएको दावी गरे ।

‘पार्टीलाई कमजोर बनाउन, सरकार ढाल्न पार्टी भित्र र बाहिर माधव नेपालले जुन प्रकारको षडयन्त्र र घेराबन्दी गरेका थिए त्यो क्षम्य छैन,’ उनले भने, ‘माधव गुटले पार्टी छोडेपछि एमाले नयाँ ढंगले अगाडि बढेको छ । यो खुशीको कुरा हो ।’
ओलीले हालै सकिएको प्रथम विधान महाधिवेशनमा ६ हजार बढी प्रतिनिधि उपस्थिति भएको दावी गर्दै यस परिघटनाले पार्टी झन बलियो र उत्साहित भएको जिकिर गरे ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार