पाँच वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा उपप्राध्यापक पक्राउ

[sharethis-inline-buttons]

जनकपुरधाम – पाँच वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा एक उपप्राध्यापक पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्राध्यापक जना ५१ वर्षीय कपिलदेव मण्डललाई बालिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितका आफन्तले किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।

जनकपुरधाम-८ का उपप्राध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे पीडितका बुवाकाे दाबी छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार