
काठमाडौँ – सुर्खेतमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका–७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट हुँदा घाँस काट्न गएका दुई जना घाइते भएका हुन् ।
घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ ।
प्रकाशित : २०७८ कार्तिक ६ शनिबार