एमाले अध्यक्ष ओलीद्वारा देशभरका वडाहरूकाे अधिवेशन एकसाथ उद्घाटन

[sharethis-inline-buttons]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार ७४३ वडामा अधिवेशन उद्घाटन गरेका छन् । शनिवार ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा वडा अधिवशनको उद्घाटन गरेका हुन् । उनले शनिवार ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा वडा अधिवशनको उद्घाटन गरेका हुन् ।

देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । भने बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ । अधिवेशनले पार्टीका संगठित सदस्यहरुले नै वडाका नेतृत्व छनोट गर्ने छ ।

यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुने छ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार