विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड नाघ्यो

[sharethis-inline-buttons]

६ कात्तिक, काठमाडौं । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३ लाख ९० हजार ८ सय ७० जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २२ करोड ८ लाख ३८ हजार ७८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ४ लाख ५७ हजार ६ सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २४ करोड ३७ लाख ११ हजार १ सय ३१ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर थप ७ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४९ लाख ५२ हजार ९ सय ३६ पुगेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो, चौथो र पाँचौ लहर जारी छ । जसका कारण सङ्क्रमणदर बढ्दै गएको छ भने मृत्यु हुनेदर पछि बढ्दै गएको छ ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार