नेपाली काँग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध, मंसिर मसान्तसम्म सार्ने तयारी

[sharethis-inline-buttons]

६ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध बनेको छ । रसुवा, बारा र रौतहटमा क्रियासिल सदस्यता वितरणमा देखिएको विवाद समाधान गर्न नसक्दा काँग्रेसको महाधिवेशन प्रक्रिया अवरुद्ध बनेको हो ।

समग्र ६४ जिल्लामा महाधिवेशनको प्रक्रिया सुरु भए पनि सहज रुपमा अगाडि बढ्न सकेको छैन भने सप्तरी, सिराहा, सर्लाही, पर्सा, धनुषा, महोत्तरी, सुर्खेत, डोल्पा, कैलाली, लगायत १३ जिल्लामा अझै वडा अधिवेशन हुन सकेको छैन । संस्थापन इतर पक्षका नेताहरुले भने नेतृत्वले महाधिवेशन गराउनै नचाहेको आरोप लगाएका छन् । काँग्रेस महाधिवेशन मंसिर मसान्तसम्म सार्ने तयारी भइरहेको नेताहरूले बताएका छन् ।

 


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार