तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजबाट सञ्चालनमा

[sharethis-inline-buttons]

६ कात्तिक, काठमाडौं । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ । उपकरणको परीक्षणपश्चात आईएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरूको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो ।

हाललाई रात्रिकालीन उडान नहुने पनि प्राधिकरणले जनाएको छ । विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौं–विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार