उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना

[sharethis-inline-buttons]

६ कार्तिक, काठमाडौं । आज दिउँसो देशभरको मौसममा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पानी पार्ने उल्लेखनिय मौसमी प्रणाली प्रभाव नरहे पनि देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै आज दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात समेत हुन सक्ने महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरिएको छ । शनिबार विहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का÷फाटफुट वर्षा भईरहेको छ ।


प्रकाशित : २०७८ कार्तिक ६ शनिबार