काठमाडौँ – विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शुक्रबार साँझसम्म १ सय ११ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले शुक्रबार अबेर उपलब्ध गराएको विवरणअनुसार पहिरोमा परि प्रदेश १ मा सबैभन्दा बढी ६५ जना, बागमतीमा १, गण्डकीमा २ जना, लुम्बिनीमा ४, कर्णालीमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको ज्यान गएको हो ।
बाढीपहिरोमा परि अझै ३७ जना बेपत्ता छन् । प्रहरीकाअनुसार प्रदेश १मा ११ जना, २ मा १ जना, लुम्बिनीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता छन् । बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
बाढीपहिरोमा परि ४२ जना घाइते भएका छन । जसमध्ये प्रदेश नम्बर १मा २१ जना, कर्णालीमा ४ जना र सुदूरपश्चिममा १७ जना छन् । बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् ।