
काठमाडौँ – पत्रकार रामानन्द गुप्ताको निधन भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश २का उपाध्यक्षसमेत रहेका गुप्ताकाे मस्तिष्क घातका कारण शनिवार निधन भएको हो ।
न्यूरो अस्पताल विराटनगरमा उपचाररत गुप्ताको बुधबार ब्रेन हेमरेज भएको थियो । उनी प्रेस चौतारी प्रदेश २ का सदस्यसमेत हुन् । उनको आजै लहानमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार