जनकपुरधाम – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि प्रर्दशन गरेका छन् । उनीहरूले प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरेका हुन् ।
प्रर्दशनमा सहभागिहरूले ‘मधेशी जनता के भन्छ, भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारीलाई बचाउन पाइँदैन, हाम्रा कार्यकर्तालाई रिहा गर र किसानको क्षतिपूर्ति लागु गर’ लगायतको नाराबाजी गरेका छन् ।
खानेपानी तथा ढल निकास कार्यालयको कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा जनमतको १७ जना नेता तथा कार्यकर्ता प्रहरी हिरासतमा छन् । प्रहरीले आज सरकारी वकिलको कार्यालयमार्फत उनीहरूमाथि अपराधि प्रवेश तथा अपराधि उपद्र मुद्दा दर्ता गरेको हो । जनमताका नेताहरुले जनकारवाही गरेको जनतालाई प्रहरीले पक्राउ गर्न नपाउने तर्क गरेका छन् ।