
जनकपुरधाम – नेशनल इन्जिनियर एसोसिएसन नेपालले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको इन्जिनियर दर्ता खारेजको माग गरेको छ । शुक्रबार एसोसिएसनले डा. राउतको कार्यशैलीविरुद्ध विरोध प्रर्दशन गर्दै सरकारसँग इन्जिनियर दर्ता खारेजको माग गरेको हो ।
बिहीबार जनमत पार्टीको नेता तथा कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश कुशवहालाई अर्धनग्न बनाएर नगर परिक्रमा गराएको थियो । सोही विषयमा एसोसिएसनले डा. राउत नेतृत्वको जनमत पार्टीले अमानविय व्यवहार गरेको हुनाले कारबाहीको समेत माग गरेको छ ।
थापा चोकबाट सुरु भएको विरोध जुलुसमा ‘इन्जिनियर पेशामाथि दमन गर्न पाइदैन, दोषीमाथि कडा कारबाही गर, राजेस्वर कुशवाहालाई न्याय देउ, सिके राउतलाइ कारबाही गर, सिके राउतको इन्जिनियर दर्ता खारेज गर, इन्जिनियर सुरक्षा ग्यारेन्टी गर, इन्जिनियर एकता जिन्दावाद र जनमत पार्टी मुर्दावादको नारा लगाएका थिए ।
कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा जनमत पार्टीका १७ जना नेता/कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाएको छ । शुक्रबार सरकारी वकिलको कार्यालयमार्फत् अपराधी प्रवेश तथा अपराधी उपद्र शीर्षकमा मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।