प्रदेश नम्बर १ का मुख्यमन्त्री आचार्यले आइतबार विश्वासको मत लिने

[sharethis-inline-buttons]

काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने भएका छन्। प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको प्रदेशसभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने र मत विभाजन आइतबारको बैठकमा गर्ने निर्णय गरेको हो ।

यसअघि प्रदेश १ नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरेको थियो । मुख्यमन्त्री आचार्यले गत २४ असोजमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए ।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार