मैत्रीपूर्ण फुटबलमा नेपाल र इन्डोनेसिया यू–२३ भिड्दै

[sharethis-inline-buttons]

५ कार्तिक,काठमाण्डौ । यु–२३ फुटबलमा नेपालले आज इन्डोनेसियासंग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा साँझ ५:४५ बजे हुने खेलमा नेपाल जितको खोजीमा हुने छ ।

एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीमा समेत रहेको नेपाललाई आजको खेल अनुभव बटुल्न सहयोग पुग्ने अनुमान गरिएको छ ।

तर कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपाललाई खेल जित्न त्यति सजिलो भने छैन ।नेपालका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारीका लागि समय छोटो भएको भन्दै गुनासो गर्नुभएको छ ।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार