चाँदीको मूल्य घट्यो, सुनको स्थिर

[sharethis-inline-buttons]

५ कार्तिक, काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । विहिबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार पनि सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज घटेको छ ।विहिबार २५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार