
५ कार्तिक,काठमाण्डौ । राष्ट्रपतिको पैतृक घरसंगै वनमा आगो लगाएको आरोपमा सिरीयामा २४ जनालाई मृत्युदण्ड दिईएको छ । सिरियाका राष्ट्रपति बशर अल असदको पैतृक घर तथा लताकियाको मुख्य वनमा आगो लगाएको आरोपमा उनीहरुलाई मृत्युदण्ड दिईएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
मृत्युदण्ड दिइएकाहरूलाई ‘आतंकवादी कार्यहरु गरेको, राज्यको पूर्वाधार, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याएको’ आरोप लगाइएको थियो । सन् २०२० को सेप्टेम्बरमा भएको उक्त आगलगीको घटनामा संलग्न मध्ये केहिलाई आजीवन कारवासको सजाय सुनाईएको छ ।
प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार