मकालु आधार शिविर घुम्न गएका एक युवकको मृत्यु

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । संखुवासभामा रहेको मकालु हिमालको आधार शिविर घुम्न गएका १ जनाको मृत्यु भएको छ । ईलामको सुर्योदय नगरपालिका ५ श्रीअन्तुका ३२ वर्षीय धरणीधर घिमिरेको मकालु आधार शिविर जानेक्रममा मृत्यु भएको हो । घिमिरेको निमोनियाका कारण मकालु गाउँपालिका २ याङ्ले खर्कमा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आधार शिविर घुम्न मृतकका जेठो दाजु एकराज घिमिरे, माइलो दाजु रुद्र घिमिरे, छिमेकी मिलन ढकाल, मोरङका उज्वल घिमिरे, इटहरीका, सौजन घिमिरे र संखुवासभा चैनपुर नगरपालिका ६ का श्याम राउत गएका थिए । घटनाको बारेमा एकराज घिमिरेले विहिबार मात्र प्रहरी खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार