
५ कार्तिक, काठमाण्डौ। प्रदेश १ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
आजको बैठकको कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने सचिव पराजुलीले जानकारी दिनुभयो । आजका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत टेबल गर्नैपर्ने संवैधानिक बाध्यता छ। तर, सरकार भने मतदान पर धकेल्ने प्रयासमा लागेको प्रतिपक्षी दलले आरोप लगाएका छन् ।
प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार