आज पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना

[sharethis-inline-buttons]

५ कार्तिक,काठमाण्डौ । शुक्रबार दिउँसो पनि देशका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेपनि देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।


प्रकाशित : २०७८ कार्तिक ५ शुक्रबार