एमालेको १०औँ महाधिवेशन चितवनमा हुने

[sharethis-inline-buttons]

काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए । उनकाअनुसार महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो ।

यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय भएको छ । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार