पछिल्लो २४ घण्टामा ५४५ जना कोरोना संक्रमण, ८ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर ५४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ४७० र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५४९ गरिएको परीक्षणमा ६५८६ पीसीआर र १९६३ एन्टीजेन परीक्षण गरिएको हो ।

सोही अवधिमा ७२६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा २३५६८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार