प्रधानमन्त्री देउवाले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

[sharethis-inline-buttons]

काठमाडौँ – प्रधानमन्त्री शेबहादुर देउवाले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । हेलिकोप्टरमार्फत प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न क्षेत्रको निरीक्षण गरेका हुन् ।

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहित अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले निरीक्षणमा छन् । यस्तै काँग्रेस नेताहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि सहभागी छन् । बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गरेपछि प्रधानमन्त्रीसहितको टोली शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ ।

गत शनिबारदेखि परेको पानीले सुदूरपश्चिम क्षेत्रमा जनधनको क्षति पुर्‍याएको छ । बाढीपहिरोमा परेर देशका विभिन्न भागमा ८८ जनाको मृत्यु भएको छ । सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख आर्थिक सहयोग उपलब्ध गराउने र घरबारबिहीन भएकालाई तत्काल सेल्टर बनाउन ५० हजार र खाद्यान्नलगायत जोहो गर्न २० हजारसम्म नगद उपलब्ध गराउने निर्णय गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार