किसानलाई राहत दिने तयारीमा प्रदेश सरकार

[sharethis-inline-buttons]

जनकपुरधाम : वर्षाको कारण कृषि क्षेत्रमा भएको क्षतिबारे प्रदेश सरकारले तथ्याङ्क संकलन सुरु गरेको छ । प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बेमौसमी वर्षाका कारण कृषिमा पर्न गएको असर र क्षतिबारे तथ्याङ्क संकलन सुरु गरेको हो ।

बिहीबार मन्त्रालयले पत्रकार सम्मेलन गर्दै धान बाली, तरकारी र मत्सय पालनमा वर्षाले पुर्‍याएको क्षतिबारे जानकारी प्राप्त भएको हुनाले तथ्याङ्क संकलन सुरु गरेको जानकारी गराएको छ। किसानलाई राहत दिनको लागि प्रदेश सरकारले तथ्याङ्क संकलन सुरु गरेको बताइएको छ ।

‘सबै जिल्लाबाट विवरण मगाएर तीनै तहको सरकारले सहकार्य गरी किसानलाई राहत उपलब्ध गराउनको लागि पहल गर्नुपर्छ,’पत्रकार सम्मेलनमा मन्त्री विजय कुमार यादवले भने, ‘बेमौसमी वर्षाको कारण किसानको लगानी र मेहन्त खेर गएको छ । यसलाई मध्य नजर गर्दै प्रदेश सरकारले आवश्यक तयारी थालेको छ ।’

यस वर्ष प्रदेश २ मा चाल लाख तीन हजार हेक्टरमा धान रोपाइ भएको छ । कार्तिक १ र २ गते भएको अविरल वर्षाले काटेर घर भित्र्याउनलाई राखेको धान डुबेको छ भने काट्न बाँकी रहेको धान खेतमै ढलेर कुहिने अवस्था आएको छ ।

यस्तै वर्षाले तरकारी खेतीमा नोक्सान पुर्या‍उनुको साथै दलहन र तेलहन बाली लगाउनसमेत बाधा पर्न सक्ने अनुमान गरिएको छ । थप वर्षा भए मत्यस पोखरीको डिलहरू पनि भत्किने सरोकार बलाहरूको भनाइ छ ।

 


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार