ट्राफिक प्रहरी संखुवासभाको कार्यालय उद्घाटन

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा : जिल्ला ट्राफिक प्रहरी कार्यालय संखुवासभाको कार्यालय उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमबिच कार्यालय उद्घाटन गरिएको हो । कार्यालय खाँदबारी नगरपालिका १ फुलपाती चोकस्थित छ ।

ट्राफिक प्रहरी (असई) प्रहरी सहायक निरीक्षक मानबहादुर खत्रीको नेतृत्वमा जिल्लामा ६ जनाले जिल्लामा ट्राफिक व्यवस्थापनको काम गरिरहेका छन् । सदरमुकाम खाँदबारीमा ५ र चैनपुरमा १ जना ट्राफिक प्रहरी रहँदै आएको छ ।

जिल्लामा कार्यालय सहयोगी सहित १० जनाको दरबन्दी रहेपनि ६ जनाबाट सेवा प्रवाह भइरहेको ट्राफिक प्रहरी मदन भण्डारीले जानकारी दिए ।

 


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार