माओवादीले दियो ३२ विभागलाई पूर्णता

[sharethis-inline-buttons]

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी (केन्द्र)ले पार्टीका विभिन्न विभागलाई पूर्णता दिएको छ । बिहिबार (आज) बसेको पार्टीको स्थायी कमिटीको बैठकले विपत व्यवस्थापन विभाग बाहेक अन्यलाई पूर्णता दिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको उहाँले बताउनु भयो ।

वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ । प्रवक्ता महराका अनुसार १७५ सदस्यीय सम्पर्क समिति डिलाराम आचार्यको संयोजकमा गठन गरिएको छ ।सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन्। बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ।प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र झा छन्।

यी हुन् सम्पर्क समिति र विभागहरु प्रमुख

१. अर्थ तथा योजना विभाग – वर्षमान पुन

२. संगठन विभाग – जनार्दन शर्मा

३. विदेश मामिला विभाग – नारायणकाजी श्रेष्ठ

४. प्रचार तथा प्रकाशन विभाग – कृष्णबहादुर महरा

५. विपद् व्यवस्थापन विभाग – सूर्य सुवेदी

६. उद्योग मामिला विभाग – वामदेव क्षेत्री

७. कृषि तथा भूमिसुधार विभाग – हरिबोल गजुरेल

८. उपभोक्ता हित संरक्षण विभाग – मात्रिका यादव

९. कोष तथा आर्थिक विभाग – डोरप्रसाद उपाध्याय

१०. खानेपानी विभाग – विना मगर

११. जलस्रोत तथा ऊर्जा – लिलामणि पोखरेल

१२. निर्वाचन विभाग – खिमलाल देवकोटा

१३. कानुन विभाग – मुक्ति प्रधान

१४. पर्यटन विभाग – झक्कुप्रसाद सुवेदी

१५. प्रादेशिक मामिला विभाग – पर्शुराम तामाङ

१६. पार्टी स्कुल विभाग – गिरिराजमणि पोखरेल

१७. पुस्तकालय तथा अभिलेख – नारायणप्रसाद शर्मा

१८. भौतिक पूर्वाधार विभाग – हरि अधिकारी

१९. युवा तथा खेलकुद विभाग – गणेशमान पुन

२०. राजकीय मामिला विभाग – रेखा शर्मा

२१. राष्ट्रिय सुरक्षा विभाग – कृष्णबहादुर महरा

२२. वन तथा वातावरण – शक्ति बस्नेत

२३. विज्ञान तथा प्रविधि विभाग – गणेश साह

२४. शिक्षा तथा मानवस्रोत विभाग – मायाप्रसाद शर्मा

२५. श्रम तथा रोजगार विभाग – रामेश्वर राय यादव

२६. संघीय संसदीय विभाग – देव गुरुङ

२७. समाज कल्याण विभाग – सत्या पहाडी

२८. सहकारी तथा गरिबी विभाग – धर्मदत्त देवकोटा

२९. सहरी विकास विभाग – देवेन्द्र पौडेल

३०. सामान्य प्रशासन विभाग – टेकबहादुर बस्नेत

३१. साहित्य तथा कला विभाग – गोपाल ठाकुर

३२. स्थानीय तह विभाग – उर्मिला अर्याल

३३. स्वास्थ्य तथा जनसंख्या विभाग – कल्पना धमला

३४. नीति अध्ययन प्रतिष्ठान – रामचन्द्र झा


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार