मुलुकभर २८ दशमलव २ प्रतिशतले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाए

[sharethis-inline-buttons]

४ कात्तिक, काठमाडौं । नेपालमा कुल जनसंख्याको २८ दशमलव २ प्रतिशत नागरिकले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन् ।

यस्तै ६४ लाख ८५ हजार ९ सय २३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षमाथिका ४३ प्रतिशतले पहिलो मात्रा र ३२ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । १ करोड ९९ लाख २२ हजार १ सय ६४ जना १८ वर्ष माथिका खोप लिने लक्षित जनसंख्या छ ।

त्यसैगरी १५ वर्षमाथिका ३९ दशमलव ४ प्रतिशतले पहिलो मात्रा र २९ दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका तथ्यांक छ । सरकारले असोजभित्रै कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप दिने घोषणा गरे पनि प्राविधिक कारणले पुग्न नसकेको जनाएको छ ।

 


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार