
४ कार्तिक,काठमाण्डौ ।नेपाली बजारमा सुनचाँदीको भाउ आज पनि बढेको छ । हिजो ९१ हजार ४ सय रुपैँया तोलामामा कारोबार भएको सुनको भाउ आज तोलामा थप ३ सयले बढेर ९१ हजार ७ सय रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । हिजो १ हजार २ सय ३५ रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँ तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार