४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोबाट पीडित परिवारलाई सरकारले उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरिक्षण गर्न बिहिबार विहान सुर्खेत पुगेका प्रधानमन्त्री देउवाले देशभर बाढी पहिरोबाट ठुलो क्षति भएको भन्दै तत्काल उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका हुन ।
उनले क्षतिको अनुगमन भइरहेको र सबै तथ्यांक संकलन भएपछि राहत दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग प्रदेशमा बाढी तथा पहिरोबाट भएको क्षतिबारे जानकारी समेत लिएका छन् । सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्रको अवलोकनका लागी हिडेका देउवाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश प्रमुख र मुख्य मन्त्रीसँग भेटघाट गर्नुभएको हो ।