अमेरिकालाई उत्तर कोरियाकाे चेतावनी : आन्तरिक मामिलामा हस्तक्षेप गरे गम्भीर परिणाम भोग्नुपर्नेछ

[sharethis-inline-buttons]

४ कार्तिक,काठमाण्डौ । गत मंगलबार उत्तर कोरियाले गरेको मिसाईल परिक्षणको बिषयलाई लिएर बिभिन्न टिका टिप्पणी भईरहेका बेला उत्तरकोरियाले अमेरिका बिरुद्ध चेतावनीसहितको प्रतिक्रिया दिएको छ । उत्तर कोरियाले अज्ञात स्रोत मार्फत आज उक्त चेतावनी जारी गरेको केजिएनए न्यूज एजेन्सीले लेखेको छ ।

पनडुब्बीबाट नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाको मध्य र दीर्घकालीन योजनाको हिस्सा भएको बताउँदै उत्तर कोरियाले अमेरिका वा अन्य कुनै देशमाथि लक्षित नभएकाले अन्य देशले ठाउको दुखाईरहन नपर्ने जनाएको छ र साथै उसले आणविक हतियारसहित आफुहरुलाई वार्ताको टेबुलमा फर्काउने अमेरिकाको ईमान्दारीतामा प्रश्न चिन्ह खडा गरेको समेत बताएको छ ।

आफुहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरे त्यसको गम्भिर परिणाम भोग्नुगर्ने र त्यसको जिम्मेवार अमेरिका हुने उत्तरकोरियाले चेतावनी दिएको छ । यता अन्तर्राष्ट्रिय प्रतिबन्ध को बावजुद उत्तर कोरियाले मिसाईल परिक्षण गरेको भन्दै संयुक्त राज्य अमेरिका, ब्रिटेन र फ्रान्सले निन्दा गरेको छ ।

बुधबार संयुक्त राष्ट्रसंघको आपतकालीन सुरक्षा परिषद्को बैठक बसेको थियो उक्त बैठकमा सहभागिहरुले प्रतिबन्धका बाबजुत उत्तरकोरियाले आफ्नो हतियार कार्यक्रम जारी राखेको भन्दै आपत्ती जनाएका थिए ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार