एमालेको स्थायी कमिटी बैठक आज बस्दै

[sharethis-inline-buttons]

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुँदैछ ।पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक आज दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।

आजको बैठकले पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने स्थानको टुङ्गो लगाउने नेताहरुले बताएका छन् । यसअघि भदौमा भएको विधान महाधिवेशन समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने माग आएकाले अन्यथा निर्णय नभए बुटवलमै महाधिवेशन गर्ने घोषणा गरेका थिए । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।

यस्ता छन् बैठकका पाँच एजेन्डा
१. विधान महाधिवेशनको समीक्षा
२. वडा अधिवेशन कात्तिक ६ गते सम्बन्धमा
३. पालिका अधिवेशन कात्तिक ९ सम्बन्धमा
४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश
५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार