कोरोना महामारी अझै लम्बिन सक्ने डब्लूएचओको चेतावनी

[sharethis-inline-buttons]

४ कात्तिक, काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोना महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ । विश्वका गरिब देशहरूको खोपमा पहुँच नभएका कारण कोरोना महामारी सन् २०२२ मा पनि कायम रहने डब्लूएचओले चेतावनी दिएको हो । गरिब देशहरूले आवश्यकता अनुसार खोप पाउन नसक्नु महामारी लम्बिनुको कारण बन्ने देखिएको भन्दै डब्लुएचओले खोपको सहयोगमा बिस्तार गर्न अपील गरेको छ ।

डब्लुएचओका सिनियर लिडर डाक्टर ब्रुस यलवार्डले गरिब देशले आवश्यकता अनुसारको खोप नपाउनु, कोरोना भाइरसको महामारी सन् २०२२ सम्म सहज रुपमा लम्बिनु भएको बताउनुभयो । अहिलेसम्म सबैभन्दा कम खोप अफ्रिकामा पुगेको छ । अफ्रिकाका पाँच प्रतिशत भन्दा कम मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अरु महादेशमा ४० प्रतिशतसम्मले खोप लगाएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार