
४ कात्तिक, काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । आजको पहिलो खेल बंगलादेश र पपुवा न्युगिनीबीच हुनेछ । भने दोस्रो खेलमा ओमन र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल दुबईको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।
गएराति भएको खेलमा भने श्रीलंका विजयी भएको छ । अकाबुधाबीमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंकाले लगातार दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटिएको थियो । यस अघि पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । यस जितसँगै श्रीलंकाले सुपर १२ स्थान पक्का गरेको छ ।