
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिम जाने भएका छन्। बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने भएका हुन ।प्रधानमन्त्री देउवासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि सुदूरपश्चिम जाने देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए ।
देउवाले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ लगगायतका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । लगातारको वर्षाका कारण आएको बढी र पहिरोमा परी सुदूरपश्चिममा जनधनको ठूलो क्षति भएको छ ।
प्रकाशित : २०७८ कार्तिक ४ बिहीबार