
४ कात्तिक, काठमाडौं । आज पनि देशभरको मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
विहिबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा राति मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । साथै प्रदेश १ र गण्डकी प्रदेश नदीहरु बाढीको जोखिम समेत रहेकाले आश्यक सर्तकर्ता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।