विश्वासको मत लिने समय सारिदिन भन्दै सभामुखलाई एमालेको पत्र

[sharethis-inline-buttons]

काठमाडौँ – बाग्मती प्रदेश सरकारको नेतृत्व गरिरहेको एमालेले बिहीबारका लागि आह्वान गरेको प्रदेशसभाको बैठक सार्न सभामुखलाई पत्राचार गरेको छ । पार्टीका बाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन् ।

पत्रमा निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसपछिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं ६ कात्तिकमा हुने वडास्तरीय अधिवेशन र ९ कात्तिकमा हुने पालिकास्तरको अधिवेशनका कारण सभाको बैठक सार्न भनिएको छ । उनले आफ्ना पार्टीका सांसद भोलि ४ कात्तिकका लागि आह्वान गरिएको प्रदेशसभाको बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठक सार्न भनेका हुन् ।

४ कात्तिकमा विश्वासको मत लिने तयारीमा रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पार्टी एमाले नै बैठकमा उपस्थित हुन नसक्ने भएकाले बैठकको समय हेरफेर गर्न माग गर्दै प्रदेशसभाको सभामुखलाई पत्र लेखेको हो ।

२ भदौमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्यले विश्वासको मत लिन बिहीबार तयारी भएका बेलामा एमालेले विश्वासको मत लिने समय पर सार्न पत्राचार गरेको हो । एमाले विभाजनपछि १३ जना सांसद (एकीकृत समाजवादी)मा लागेपछि एकल बहुमतको आधारमा सरकारको नेतृत्व गरेकी शाक्य अल्पमतमा परेकी थिइन् ।

बाग्मतीमा कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०को गठबन्धनको सरकार बनाउनका लागि बहुमत पुग्छ । विभाजनअघि स्पष्ट बहुमत रहेको एमालेको ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यलाई अहिले आफ्नै पार्टीको जम्मा ४३ सांसदको समर्थन रहेको छ ।


प्रकाशित : २०७८ कार्तिक ३ बुधबार