यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा ढल्छ : ओली

[sharethis-inline-buttons]

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार सात दिनभित्र ढल्ने दावी गरेका छन् । वागमती प्रदेश कमिटीको बैठकलाई बुधबार सभागृहमा सम्बोधन गर्दै ओलीले सरकारमा लोभीपापीमात्रै रहेकोले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने दाबि गरे ।

‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ उनले भने, ‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि ।’

आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छ । ओलीले एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँगै रहेको र आउने चुनावमा कांग्रेसले वैशाखी खोजिरहेको टिप्पणी गरे।


प्रकाशित : २०७८ कार्तिक ३ बुधबार