
काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आगामी चुनावमा नेकपा एमालेसंग प्रतिस्पर्धा गर्न सजिलो नहुने बताएका छन् । मंगलबार धादिङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले एमालेसँग काँग्रेसलाई एक्लै लड्न सजिलो नहुने बताएका हुन् ।
नेकपा एमाले कमजोर नभई झन् बलियो हुँदै गएको नेता पौडेलको तर्क छ ।‘एमालेसँगको चुनावी प्रतिस्पर्धा सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन ।’
प्रकाशित : २०७८ कार्तिक ३ बुधबार