अधिवेशनबाट निर्वाचित कांग्रेस सचिवनै नेकपा (एस) को वडा कमिटी अध्यक्ष

[sharethis-inline-buttons]

भोजपुर – नेपाली कांग्रेसको १४औं अधिवेशनबाट निर्वाचित सचिवनै नेकपा (एस) पार्टीको वडा कमिटी अध्यक्ष भएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं. १२ मा करिब २ महिना अगाडि मात्रै सम्पन्न नेपाली कांग्रेसको १४औं अधिवेशनबाट सचिवमा निर्वाचित भएका पुष्कर कार्की नेकपा (एस) को वडा कमिटी अध्यक्ष भएका हुन् ।

कार्कीको नेतृत्वमा षडानन्द नगरपालिका वडा नं. १२ मा ४१ सदस्यीय कमिटी गठन भएको छ । अध्यक्षमा कार्की सर्वसहमत चयन भएका हुन् साथै उपाध्क्षमा नारायण बहादुर थापा, सचिवमा राजेन्द्र तामाङ, उप–सचिवमा विनोद तामाङ र मिना तामाङ सर्वसहमत चयन भएको हो ।

नवगठित समितिलाई नेकपा (एस) का केन्द्रिय सचिव तथा १ नं. प्रदेशका प्रदेश सांसद राजेन्द्र कुमार राईले बधाई तथा शुभकामना दिएका थिए । पार्टीको वडा कमिटी गठन तथा समाहित कार्यक्रममा नेपाली कांग्रेसका २५ जना नेकपा (एस) मा समाहित भएका छन् ।


प्रकाशित : २०७८ कार्तिक २ मंगलवार