
काठमाडौँ – महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । सरकारसँग सहमति भएसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले अनसन तोडेकी हुन् ।
मंगलबार बाँके घटनाबारे गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएपछि खानले माइतीघर मण्डलामा अनसन तोडेकी छन् ।
उनलाई महिला अधिकारकर्मी मोहना अन्सारीले जुस खुवाएकी थिइन् । बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ । सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ ।
बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।
बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौं आएको उनीहरुको भनाई छ ।