धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौँ – सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान– १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको मृत्यु भएको हो । मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट आएको पहिरोले घरभित्र रहेका दुई बालबालिकालाई बेपत्ता बनाएको थियो । उद्धार टोलीले खोजी गर्दा साढे ३ बजे मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाउको छ ।


प्रकाशित : २०७८ कार्तिक २ मंगलवार