
काठमाडौँ – कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टिकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले तटबन्ध बगाएको छ ।
प्रकाशित : २०७८ कार्तिक २ मंगलवार