
सिरहा : कृषि ज्ञान केन्द्र सिरहाले आर्थिक वर्ष २०७८/०७९ का लागि किसानहरुलाई दिने अनुदान सहयोग कार्यक्रमको सूचना प्रकाशित गरेको छ । गत असोज १३ गते प्रकाशित सूचनामा सिरहाका जिल्लाका व्यवसायिक किसानलाई स्यालो ट्युववेल,पम्पसेट,मोटर जस्ता साना सिंचाई पूर्वाधारका लागि १५ प्रतिशत लागत साझेदारीमा अनुदान दिइने भएको छ । कार्यक्रममा सहभागी हुन चाहने किसानले आगामी २ कार्तिक २०७८ सम्म निवेदन दिन सक्नेछन् ।
प्रकाशित : २०७८ आश्विन २१ बिहीबार