प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

[sharethis-inline-buttons]

जनकपुरधाम : जनकपुरधामस्थित प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ ।

आयोगको कार्यालय काठमाडौं र बर्दिबासको संयुक्त टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको विषयमा उजुरी परेपछि आयोगको टोली छापा मार्न आएका छन् ।

साइकल खरिद र वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएको स्रोतले जनायो । टोली अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन् ।

 


प्रकाशित : २०७८ आश्विन १३ बुधबार